नियम ४३
थुनुवा वा कैदी भागेमा खोज तलासको लागि सूचना गर्ने
(१) कैदी वा थुनुवा भागी
गै सकेकोमा निजलाई खोज तलास गर्न निजको नाम, थर, वतन तथा कैद परेको मिति र हुलिया समेत खुलाई जिल्ला जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र थुन्ने अड्डालाई समेत लिखित सूचना दिई लगतमा जनाउनु पर्छ ।
(२) सो भाग्ने व्यक्ति पक्रिएमा जिल्ला अदालतमा पठाई सो भागेतर्फ ऐन बमोजिम कारवाई गराउनु पर्दछ ।